Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक, यसरी प्रयोग गर्न सकिन्छ

नेपाल टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक, यसरी प्रयोग गर्न सकिन्छ


  • 5.1K
    Shares

    नेपाल टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक, यसरी प्रयोग गर्न सकिन्छ
    images

    नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ ।

    त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिन्छ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकता अनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा ब्मम(इल एबअप समेत खरिद गरी चलाउन सक्दछन् । 

    “सजिलो अनलिमिटेड प्याक” अन्तर्गत पोस्टपेडमा रु. ५९९, रु. ७९९, रु. ९९९ र रु. १४९९ का प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ । 

    सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर अन्तर्गत जम्मा रु. ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ । 

    सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर अन्तर्गत जम्मा रु. ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिन्छ । 

    सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर अन्तर्गत जम्मा रु. १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । 

    उल्लेखित सबै प्याक लिंदा जिएसएम पोस्टपेडमा लागु हुने रेन्टल चार्जवापतको रु. ३८४ समेत जोडेर प्याक लिन सकिन्छ । यी प्याकहरु ८ज्ञद्धज्ञछ३ डायल गरी प्राप्त निर्देशन अनुसार वा सहज रुपमा नेपाल टेलिकम एपबाट प्राप्त गर्न सकिन्छ ।  

    प्रकाशित मिति :पौष ५ २०७८ सोमवार - १६:३९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij