Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

बौद्धमा ट्रिपरसँग स्कुटर ठोक्किदा एक गम्भीर घाइते

बौद्धमा ट्रिपरसँग स्कुटर ठोक्किदा एक गम्भीर घाइते


  • 6.1K
    Shares

    • images
    बौद्धमा ट्रिपरसँग स्कुटर ठोक्किदा एक गम्भीर घाइते
    images

    रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किदा बौद्धमा एक जना चालक गम्भीर घाइते भएका छन्। बा २ प ६२ नम्बरको ट्रिपरमा बौद्ध टुसालका फूर्वा शेर्पाको बा ९२ प १६६४ स्कुटर ठोक्किएको हो।

    `आफन्तको घरमा सामान छाड्न ट्रिपर रोकिएको रहेछ`, बौद्ध वृतका ट्राफिक प्रहरी निरीक्षक नविनकुमार अधिकारीले भने, `पछाडीबाट आएर स्कुटर ठोक्किएछ`।

    प्रहरीले ट्रिपर चालक राकेश तामाङलाई नियन्त्रणमा लिएको छ। घाइते चालक शेर्पालाई वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गरिएको छ।

     

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १०:४५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij