२०८२ भाद्र ९ गते सोमवार
आज आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२२.०४ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै एक डलरकै मूल्य १२२.०४ रुपैयाँ पुगेको बताएको हो । यस्तै, आज डलरको बिक्री मूल्य १२१.४४ रुपैयाँ छ ।
यता एक यूरोको बिक्री मूल्य १३८.२५ र खरिद मूल्य १३७.५७ रुपैयाँ तोकिएको छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १६२.३५ र खरिददर १६१.५५ रुपैयाँ छ । सिंगापुर डलरको बिक्रीदर ८९.३८ रुपैयाँ र खरिददर ८८.९४ रुपैयाँ कायम छ ।
यस्तै, १० जापानी येनको बिक्रीदर १०.७५ रुपैयाँ हुँदा खरिद दर १०.६९ रुपैयाँ छ । चिनियाँ युवानको बिक्रीदर १९.१२ रुपैयाँ र खरिद १९.०३ रुपैयाँ कायम छ । यसैगरी, साउदी रियालको बिक्री मूल्य ३२.५२ रुपैयाँ र खरिद मूल्य ३२.३६ रुपैयाँ तथा कतारी रियालको बिक्री दर ३३.५२ र खरिददर ३३.३५ रुपैयाँ छ ।
३३.२३ रुपैयाँ बिक्री मूल्य कायम भएको संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको खरिद मूल्य ३३.०६ रुपैयाँ छ । यसैगरी, मलेसियन रिंगटको बिक्री दर २८.९२ र खरिददर २८.७८ रुपैयाँ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij