Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ

मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ


  • 8.8K
    Shares

    • images
    मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ
    images

    काठमाडौं । मोरङको विरटानगरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहागरपालिका-२ बरगाछीका ३२ वर्षीय अमित लिम्बु र सोही ठाउँ बस्ने २७ वर्षीय हेमराज बस्नेत रहेका छन् ।

    उनीहरुको साथबाट नाइट्रोभेट १० लेखिएको २४ ट्याब्लेट र स्पास्मो प्रोक्सिभन ८ चक्की फेला परेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा २ च ६१११ नम्बरको सेतो कार चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद भएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

    प्रहरीले उनीहरु सवार कारबाट मोबिलको गिलेनमा डाइलेक्स डिसी जस्तो देखिने तरल पदार्थ १ ग्यालिन बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १५:४१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij