२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले कोभिड-१९ बाट संक्रमित बिरामीको उपचारलाई निरन्तरता दिने भएको छ ।
अस्पतालले नेपाल सरकारको निर्देशनअनुसार १८ शय्याको सघन उपचार कक्षसहित ५४ शय्या छुट्याएर कोभिड उपचार गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताएको छ । अस्पतालको आठौं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष दीपक कुँवरले कोभिड-१९ संक्रमित बिरामीको उपचारलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने बताए ।
उनले अहिलेसम्म ४२८ कोभिड बिरामीको सफल उपचार सम्पन्न भएको र आगामी दिनमा पनि अत्यावश्यक स्वास्थ्य सामग्रीसहित उपचार सेवालाई निरन्तरता दिने अध्यक्ष कुँवरले बताए । ग्रान्डी अस्पतालले २६ विभिन्न स्वास्थ्यसम्बन्धी विधामा १२१ पूर्णकालीन विशेषज्ञ चिकित्सकद्वारा सेवा उपलब्ध गराइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij