Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कांग्रेस नेता शेखरका दाजु निरञ्जन कोइरालाको मृत्यु

कांग्रेस नेता शेखरका दाजु निरञ्जन कोइरालाको मृत्यु


  • 6.5K
    Shares

    • images
    कांग्रेस नेता शेखरका दाजु निरञ्जन कोइरालाको मृत्यु
    images

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निरञ्जनको आज बिहान ११ बजे निधन भएको हो ।

    निरञ्जनको निधनले आफू, आफ्नो परिवार र भजिताहरू मर्माहत भएको डा. कोइरालाले बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा कोइरालाले भनेका छन्, “मेरा आदरदीय दाजु ‘निरूदा’ को आज बिहान नयाँ दिल्लीमा भएको निधनले म, मेरो परिवार र भजिताहरू मर्माहत भएका छौं ।”

    निरञ्जनको उपचारमा संलग्न चिकित्सकहरूप्रति डा कोइरालाले धन्यवाद दिँदै स्वास्थ्यलाभको कामना गर्नेहरूप्रति आभार व्यक्त गरेका छन् । तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकारको रूपमा निरञ्जनले काम गरेका थिए । उनका हाल दुई जना छोरा छन् ।

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १४:१६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij