२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । भारत सरकारले आइतबार एकसाथ कोरोनाविरुद्धका दुई खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।
स्वदेशी औषधि उत्पादक कम्पनी भारत बायेटेकको भ्याक्सिन र अक्सफोर्ड युनिभर्सिटीको उत्पादन अस्ट्राजेनिका खोपलाई भारतको ड्रग रेगुलारिटी अथोरिटीले प्रयोगको अनुमति दिएको हो ।
भारतले यही वर्षभित्र ३० करोड जनतालाई कोरोनाविरुद्धको खोप दिने योजना बनाएको छ । यही योजनाअनुसार अस्ट्राजेनिकाले पाँच करोड डोज प्रतिमहिना खोप उत्पादन गरिरहेको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij