Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

लुम्बिनी विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

लुम्बिनी विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन


  • 4.7K
    Shares

    लुम्बिनी विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन
    images

    लुम्बिनी विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज (मंसिर २६ गते) अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको १३.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

    बैंकले साधरणसभा प्रयोजनका लागि भोलि (मंसिर २७ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

    लुम्बिनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस ९ गते बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

    बैंकले प्रस्ताव गरेको लाभांश वार्षिक साधरण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।

    प्रकाशित मिति :मंसिर २६ २०७८ आइतवार - १३:१९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij