Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनको मूल्यमा सामान्य बृद्धि, तोलामा कति ?

सुनको मूल्यमा सामान्य बृद्धि, तोलामा कति ?


  • 5.4K
    Shares

    • images
    सुनको मूल्यमा सामान्य बृद्धि, तोलामा कति ?
    images

      काठमाडौ । सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ३०० ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो ।
     
    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १९० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ । 

    प्रकाशित मिति :मंसिर २६ २०७८ आइतवार - १२:१४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij