Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

नेपालमा थप ५०२ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ? (विवरणसहित)

नेपालमा थप ५०२ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ? (विवरणसहित)


  • 9.3K
    Shares

    नेपालमा थप ५०२ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ? (विवरणसहित)
    images

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

    देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन् ।

    प्रदेश १ को झापामा ६, संखुवासभामा १, सुनसरीमा १ जनामा कोरोना पाइएको छ। प्रदेश २ को धनुषामा ११, पर्सामा १, बारामा ४, महोत्तरीमा ५, रौतहटमा १ , सप्तरीमा २ , सलार्हीमा २, सिराहमा १ जनामा कोरोना भेटिएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ८९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३, चितवनमा १८, धादिङमा ३, भक्तपुरमा १२, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा ३८, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको गोरखामा २, तनहुँमा ३, नवलपरासी पूर्वमा ९, लमजुङमा २, बाग्लुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १ , गुल्मीमा २, दाङमा १, नलवपरासीमा ४, पाल्पामा १८, बर्दियामा १, बाँकेमा ४, र रुपन्देहीमा ३६ जनामा कोरोना पाइएको छ।

    यस्तै, सुदूरपश्चिमको कञ्चनपुरमा १, र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :मंसिर २ २०७७ मंगलवार - १७:३०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij