Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

डिजिटल वालेट माई पे मा १०३ जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् अनलाइन आवेदन

डिजिटल वालेट माई पे मा १०३ जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् अनलाइन आवेदन


  • 10.8K
    Shares

    डिजिटल वालेट माई पे मा १०३ जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् अनलाइन आवेदन
    images

    डिजिटल वालेट माई पेले १०३ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न १८ पदमा १०३ जना कर्मचारी माग गरेको हो । 

    माई पेले युआई/युएक्स डिजाइनर ५ जना, एचआर अफिसर १ जना, प्रडक्ट डिजाइनर ५ जना, एडमिनिस्ट्रसन तथा प्रोक्युअरमेन्ट अफिसर ३ जना, आईटी अफिसर एण्ड आईटी एसिस्टेन्ट ५ जना, रिसेप्सनिष्ट १ जना, डटनेट डेभलपर १० जना, फाइनान्स अफिसर २ जना माग गरेको छ । 

    त्यसैगरी क्वालिटी असुरेन्स (क्युए) इन्जिनियर ५ जना, बिजनेस एनालिष्ट १० जना, लिगल एण्ड कम्प्लायन्स अफिसर १ जना, फ्रन्ट इन्ड डेभलपर ८ जना, अप्रेसन म्यानेजर १ जना, आईओएस डेभलपर ५ जना, एन्ड्रोइड डेभलपर ५ जना, कल सेन्सटर इन्चार्ज १ जना, कल सेन्टर प्रतिनिधि २० जना र बिजनेस डेभलपमेन्ट अफिसर १५ जना माग गरेको छ । 

    माथिका यी पदमा इच्छुक व्यक्तिले आफ्नो सीभी hr@smartcardnepal.com मा इमेल गर्न सक्नेछन् । त्यस्तै कुमारी जब डटकममा गएर पनि माथिका पदमा अप्लाई गर्न सकिने छ । आगामी डिसेम्बर २० सम्म आवेदन दिन सकिने छ ।

    स्मार्टकार्ड नेपाल प्रालि सञ्चालन गर्ने माई पे वालेट नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा अनुमति प्राप्त संस्था हो । जसबाट विभिन्न किसिमका भुक्तानी अनलाइनबाटै गर्न सकिने छ ।

    माई पेले बजारमा आक्रमक रूपमा प्रवेश गर्ने योजना बनाएको छ । केही समयपछि माई पे औपचारिक रूपमा सार्वजनिक हुने जनाइएको छ । हाललाई माई पेको एन्ड्रोइड एप गूगल प्ले स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिने छ । एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

    प्रकाशित मिति :मंसिर २२ २०७८ बुधवार - ११:५७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij