Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

के हो ग्याष्ट्रिक ? मुख्य कारण र थाहा पाउने उपाय ..

के हो ग्याष्ट्रिक ? मुख्य कारण र थाहा पाउने उपाय ..


  • 35.8K
    Shares

    के हो ग्याष्ट्रिक ? मुख्य कारण र थाहा पाउने उपाय ..

    नेपालीहरूमा ग्याष्ट्रिक प्रायः सबैलाई हुन्छ र सन्चो पनि हुँदैन भन्ने सोचाइ छ । “ग्याष्ट्राइटिज” वा “ग्याष्ट्रिक” भेनेको एक विशाल रोग हो र यसलाई साधारण तरिकाले बयान गर्ने कोशिस गर्दछु । ग्याष्ट्राइटिजलाई नेपाली बोलीचालीको भाषामा ग्याष्ट्रिक भयो भनेर बिरामीले भन्ने चलन छ । वास्तवमा ग्याष्ट्रिक भनेको आमासयलाई ढाकेको नरम झिल्ली (Mucosa) सुनिनु वा फूल्नु हो ।

    यो छोटो समयको लागि वा लामो समयसम्म विभिन्न कारणले पेट सुनिन (Inflammation) सक्छ त्यस अवस्थामा ग्याष्ट्राइटिजका लक्षणहरू देखिन्छन् । साधारणतया बिरामीलाई माथिल्लो पेट दुख्नु, छाती (मुटु) पोल्नु, वाकवाक लाग्नु वा वान्ता हुनु, खान मन नलाग्नु, पेट ढाडिनु, कराउनु, अपच हुनु, डकार आउनु कसै कसैमा पखाला चल्नु जस्ता लक्षणहरू देखिदा ग्याष्ट्रिक भयो भन्ने थाहा हुन्छ ।
    छोटो समयको लागि हुने ग्याष्ट्राइटिज २ देखि १० दिनसम्म रहन्छ । यो प्रायः गरी रक्सि, चुरोट र खानपिनको अनुचित प्रयोग गर्नाले हुन्छ । लामो समयसम्म रहने ग्याष्ट्राइटिज महिनादेखि वर्षाैं वर्षसम्म रहिरहन्छ ।

    ग्याष्ट्रिक हुनुका मुख्य कारणहरू निम्न छन् :

    १) व्याक्टेरिया Helicobacter pylori बाट ।
    २) हाडजोर्नी, टाउको, शरीरको दुखाइ कम गर्ने औषधीहरू (NSAID-Aspirin, Brufen, Diclofenac) आदि अत्यधिक प्रयोग गर्नाले ।
    ३) अत्यधिक मात्रामा रक्सी, वियरलगायतका मादक पदार्थ सेवन गर्नाले ।
    ४) चुरोट,बिंडी, सिगार, सूर्तिजन्यपदार्थ, धु्रमपान गर्नाले ।
    ५) खानामा बढी मसलादार, पिरो, अमिलो, अत्यधिक चिल्लो, भुटेको र फ्राइ गरेको खाना खानाले तथा अमिल्याएको पुरानो सिसीको अचार बढी खानाले ।
    ६) बढी चिन्ताको जीन्दगी बिताउँदा, राम्रोसंग नसुत्दा वा अनिद्रा हुँदा:
    ग्याष्ट्रिक हुनको मुख्यकारण H- Pylori नामको व्याक्टेरिया नै हो र करिब ५०% संसारका सर्वसाधारण व्यक्तिहरू यसबाट प्रभावित भएका छन् भने हाम्रो जस्तो अविकसित देशमा ९०% भन्दा बढी व्यक्ति यो किटाणुबाट सङ्क्रमित छन् । मानिसहरूमा मात्र यी किटाणुहरू बस्छन् र आमाशय नै यिनीहरूको मुख्य बासस्थान हो । बसोबास गर्ने मानिसहरूको ठाउँ, उमेर, जाति, वर्ण (गोरा÷कालो) र रहनसहन अनुसार किटाणुले फरकफरक किसिमले आक्रमण गरेको पाइन्छ ।किटाणुहरू सर्ने मुख्य माध्यमहरू दूषित पानी, दिसा, जुठो खाना र ¥यालबाट हो । दोस्रो मुख्य कारण दुखाइ कम गर्ने औषधीको अनुचित प्रयोग हो भने अरू सबै रोग बढाउने सहायक कारणहरू हुन् ।

    ग्याष्ट्रिक भएको थाहा पाउने उपायहरू :

    मुख्यतया बिरामीका लक्षणहरू, त्यसपछि उसले दुखाइ कम गर्ने औषधीहरूको सेवन गरेको छ छैन सोधपुछ, चुरोट र रक्सीको प्रयोग तथा आहार साथै व्यवहारको बारेमा जानकारी लिने । ग्याष्ट्रिक थाहा पाउन मुख्य जाँच भनेको Biopsy नै हो र त्यसको साथमा द्यष्यउकथ लिन सकिन्छ । Urease breath test (UBT), Rapid urease test / stool antigen test आदि गर्न सकिन्छ ।
    उपचार : ग्याष्ट्रिक हुनाको मुख्य कारण पत्ता लगाएर चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गर्नु नै उचित उपाय हो । आफैं औषधी किन्ने वा अन्य व्यक्तिको सल्लाहले औषधी खानु हुँदैन ।

    यो रोग नलाग्न के–के कुराहरूमा विचार गर्नुपर्छ ?

    १) दुखाइ : हाड, जोर्नी, टाउको र शरीरहरूको दुखाइ कम गर्ने, औषधीहरूजथाभावी सेवन नगर्ने । सम्बन्धित चिकित्सकको सल्लाहअनुसार मात्र औषधी सेवन गर्ने । औषधी पसलबाट आफैं कुनै पनि औषधी किनेर नखाने । घर परिवार वा अन्य साथी भाइको पुर्जा लिई आफूलाई पनि उस्तै रोग लागेको छ भनी उही औषधी किनेर खानु हुँदैन ।
    टाउको दुखाइका सयौँ कारणहरू छन् भने त्यस्तै पेट दुखाइका पनि कैयौँ कारणहरू हुन्छन् ।
    रोग पत्ता लगाएर मात्र औषधी सेवन गर्नुपर्छ ।
    २) धुमपान बन्द गर्नुपर्छ । एकजना व्यक्तिले घर वा सार्वजनिक ठाउँमा धुमपान गर्दा उसका नजिक परिवार, बच्चा, साथी र सामान्य व्यक्ति त्यसको धुवाँ र श्वासबाट उत्तिकै प्रभावित हुन्छन् ।
    ३) जाँड, रक्सी, वियरजस्ता मादक पदार्थको सेवन नगर्ने । यिनीहरूले सीधै आमाशयको झिल्लीलाई असर गर्दछन् ।
    ४) चिल्लो, पिरो र भुटेको मसलादार खानेकुरा नखाने । साथै पोलेको/तारेको (बार्बिक्यू) मासु, आलु र अन्य खाद्य पदार्थ मिठो भएता पनि त्यसमा भएको अंगार (कार्बन) स्वास्थ्यको लागि अति हानिकारक हुन्छ । अजिनो मोटो मिसाएको खाना र फाष्ट फुडहरू सकेसम्म नखाने ।
    ५) कफी, कडा चिया (दूध चिया), क्यापिन र कार्वन मिसिएका कोल्ड डिङ्क, पेय पदार्थ (कोक, फ्यान्टा, स्प्राइट) को सकेसम्म प्रयोग नगर्ने । साधा पानी वा ग्रिन टी शरीरलाई फाइदाजनक हुन्छ । साइट्रिक एसिड मिसिएका (भोगटे, सुन्तला, भुँइकटहर) जुसहरू पनि ग्याष्ट्रिक भएका व्यक्तिले सेवन नगर्दा राम्रो हुन्छ ।

    ग्याष्ट्रिकको बिरामीले खाने कुनै खास डाइट भन्ने छैन । त्यसैले माथिको बयान बाहेकका नर्मल/ब्यालेन्स डाइट खानुपर्छ । मुख बार्ने भनेर जाउलो र खोलेमात्र खाने गर्नुहुँदैन जसले गर्दा विभिन्न खाद्य पदार्थ र भिटामिनको कमीले शरीर कमजोर भई अन्य रोग लाग्न सक्छ । Fiber / flavonoid मिश्रित खानाले ग्याष्ट्रिकका बिरामीलाई फाइदा गर्छ र H-Pylori व्याक्टेरियाको वृद्धिलाई कम गर्न मदत गर्दछ, ती हुन् : ब्रोकाउली, हरियो संग, गोभी, भट्टमास, गेडागेडी, धनिया, ज्वानो, अदुवा साथै स्ट्रवेरी, काफल र केही हर्वल चियाहरू ।

    ग्याष्ट्रिकको एक्युट अवस्थामा बिना खतरा बिरामी सन्चो हुन्छ भने chronic gastritis पनि राम्रोसंगऔषधी उपचार गरेमा निको हुन्छ र खतराबाट मुक्त हुन सकिन्छ । क्रोनिक ग्याष्ट्राइटिजबाट दीर्घकालीन रूपमा पर्ने खतराहरू निम्न हुन सक्छन :
    पेप्टिक अल्सर, रक्तश्राव हुनु, रगत वान्ता हुनु र कालो दिसा आउनु, रक्त अल्पता हुने, पेटको क्यान्सर हुने,  लिम्फोमा, खाद्यनली साँगुरिने, वान्ता भइराख्ने, आन्द्राबाट खाना पास नहुने, मृगौलामा समस्या देखाउने र मृत्य हुने संभावना हुन्छ ।
    त्यसैले ग्याष्ट्रिकबाट बच्न र किटाणुबाट जोगिन खाना खानुभन्दा अगाडि राम्रोसंग हात धुनुपर्छ । सफा र शुद्ध पानी (उमालेर फिल्टर गरेको) पिउनुपर्छ, राम्रोसंग पकाएको र उमालेको खानेकुरा सेवन गर्नु पर्दछ । त्यस्तै नराम्रा बानीहरू छोड्ने, जथाभावी कुनै पनि औषधी सेवन नगर्ने, धुमपान तथा मध्यपान त्याग्ने र बढी बोसो भएको मसलादार पिरो खानेकुराहरू नखाने । यसो गर्दा सबैलाई भलो हुन्छ ।

    प्रकाशित मिति :मंसिर २ २०७७ मंगलवार - १५:५६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij