Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एनसेल र राकुटेन भाइबरबीच साझेदारी, ग्राहकले विभिन्न सुविधा निःशुल्क पाउने

एनसेल र राकुटेन भाइबरबीच साझेदारी, ग्राहकले विभिन्न सुविधा निःशुल्क पाउने


  • 6.0K
    Shares

    एनसेल र राकुटेन भाइबरबीच साझेदारी, ग्राहकले विभिन्न सुविधा निःशुल्क पाउने

    काठमाडौं । एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरबीच ग्राहकलाई विशेष डेटा प्याकेज उपलब्ध गराउने गरी सम्झौता भएको छ । यसअन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरू हिरो प्याक, ननस्टप युट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा भाइबर चलाउन थप छुट्टै डेटा निःशुल्क प्राप्त गर्नेछन् ।

    हुन त पहिलेदेखि नै प्रिपेड र पोस्टपेड डेटा प्याकेजमा वैकल्पिक ‘एड-अन’ उपलब्ध हुँदै आएको छ । यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरू जस्तै भाइबर म्यासेजिङ, स्टिकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरू प्रयोग गर्नका लागि थप उपलब्ध डेटा खपत हुने जनाइएको छ ।

    भाइबरले प्रयोगकर्ताको डेटाको सुरक्षाका लागि पनि थप परिष्कृत गरेको समेत जनाइएको छ । त्यसैगरी, एनसेल ग्राहकले भाइबरको स्टिकरमा निःशुल्क पहुँच पाउनेछन् । कतिपय पेड स्टिकर प्याकसमेत एनसेल ग्राहकको हकमा निःशुल्क उपलब्ध हुने जनाइएको छ ।

    ‘डिजिटल जीवनशैली सक्षम पार्ने हाम्रो निरन्तर यात्राको एक प्रयासका रूपमा हामीले हाम्रा ग्राहकलाई भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेका छौं,’ एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘हामी यस साझेदारीबाट साँच्चिकै उत्साहित छौं र नेपाली उपभोक्तालाई सेवाबाट फाइदा दिन थप अवसर सिर्जना गर्ने योजनामा छौं ।’

    एनसेलले पहिले नै भाइबरमा आफ्ना ग्राहकका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ । यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी (एआर) मा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि सुरुवात पनि गर्ने कम्पनीले जनाएको छ ।

    ‘उच्च गुणस्तरका आधुनिक सेवाहरू उपलब्ध गराउँदै आफ्नो नेटवर्क र म्यासेजिङ प्लेटफर्ममार्फत् मानिसहरूलाई जोड्ने भाइबर र एनसेलको लक्ष्य बीच ठूलो तालमेल रहेको छ,’ राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, ‘हामीलाई विश्वास छ यो साझेदारीले हामीलाई नेपालमा आफ्नो पहुँच विस्तार गर्न थप मद्दत पुग्नेछ ।’

     

    प्रकाशित मिति :मंसिर २१ २०७८ मंगलवार - १३:१४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij