Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मारुती अर्टिगा फेसलिफ्टको टेस्टिङ सुरु, छिटै सार्वजनिक गर्ने तयारी

मारुती अर्टिगा फेसलिफ्टको टेस्टिङ सुरु, छिटै सार्वजनिक गर्ने तयारी


  • 5.6K
    Shares

    • images
    मारुती अर्टिगा फेसलिफ्टको टेस्टिङ सुरु, छिटै सार्वजनिक गर्ने तयारी
    images

    मारुती सुजुकीले केही महिनाभित्रै आफ्नो थुप्रै लोकप्रिय कारहरुको नेक्स्ट जेनरेसन मोडलहरु लन्च गर्ने तयारी गरेको छ। जसमा मारुती अर्टिगाको फेसलिफ्ट भर्जनसहित नेक्स्ट जेनरेसन मारुती सुजुकी एक्सएल६जस्ता ६–७ सिटे एमपीभी पनि छन्। 

    यसका साथै मारुती बलेनो र मारुती ब्रेजाको पनि अपडेट गरेर बजारमा पेस गर्ने तयारी भइरहेको बताइएको छ। 

    हाल भारतमा मारुती अर्टिगा फेसलिफ्टको टेस्टिङ सुरु गरिएको छ। पहिलोपटक टेस्टिङका क्रममा यो कार देखा परेको छ। 

    मिडिया रिपोर्टका अनुसार अर्टिगा फेसलिफ्टमा शानदार लुक्सका साथ लेटेस्ट फिचर्सहरु देख्न पाइनेछ। यद्यपि टेस्टिङका क्रममा यो एमपीभी पूर्ण रुपमा ढाकिएको थियो। त्यसैले यसको डिजाइन एलिमेन्ट्सका बारेमा धेरै कुरा बाहिर आएको छैन। मारुती अर्टिगा फेसलिफ्टमा एक्सटिरियरमा बदलाव पाइने जानकारीहरु प्राप्त भएका छन्। यो कार नयाँ कलर अप्सन आउन सक्ने सम्भावना प्रबल छ।

    मारुती अर्टिगा एमपीभी सेगमेन्टमा बेस्ट सेलिङ कार हो। त्यसैले यो कारलाई थुप्रै नयाँ फिचरहरुका साथ बजारमा उतार्ने तयारीमा कम्पनी रहेको बताइएको छ। एजेन्सी

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १५:५२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij