Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

ज्वालामुखी विस्फोटमा परी १४ को मृत्यु, ९ जना बेपत्ता

ज्वालामुखी विस्फोटमा परी १४ को मृत्यु, ९ जना बेपत्ता


  • 4.1K
    Shares

    • images
    ज्वालामुखी विस्फोटमा परी १४ को मृत्यु, ९ जना बेपत्ता
    images

    इन्डोनेसियाको जकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या १४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु नौ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकहारी दिएका छन् । हिजो राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) दिएको सामाचारअनुसार १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका थिए ।

    गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ । यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि नौ जना व्यक्ति हराइरहेको जानकारी दिए ।

    उहाँका अनुसार हराएका ती व्यक्तिहरुको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने जनाउनुभयो । जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।

    एजेन्सी

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १२:५८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij