Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कस्तो छ नेपाली बजारमा हालै भित्रिएको चांगन चिनियाँ गाडी ?

कस्तो छ नेपाली बजारमा हालै भित्रिएको चांगन चिनियाँ गाडी ?


  • 6.4K
    Shares

    • images
    कस्तो छ नेपाली बजारमा हालै भित्रिएको चांगन चिनियाँ गाडी ?
    images

    काठमाडौं । चांगन अटोको लागि नेपालका आधिकारिक वितरक एमएडब्ल्युले आफ्नो प्रिमियम सेडान ‘एल्सभिन’ सार्वजनिक गरेको छ । कम्पनीले ४२ लाखमा नयाँ सेडान सार्वजनिक गरेको हो । 

    नेपाली बजारको लागि यो चांगनको पहिलो गाडी हुनेछ । कम्पनीले गाडीको बिक्रीसँगै त्यसपछिको सेवामा समेत ध्यान पुर्याउने जनाएको छ ।

    कम्पनीका अनुसार उपभोक्ताले एल्सभीनबाट विलासिता,आराम र कार्यक्षमताको मिश्रण पाउने छन् । एल्सभीनमा १.४ लिटर ब्लुकोर इन्जिन, ६–स्पिड म्यानुअल ट्रान्समिसन र १,३७० सिसीको इन्जिन जडित छ । 

    ब्लुकोर इन्जिनले ९९ बिएचपी पावर र १३५ एनएम टर्क जेनेरेट गर्छ । जसले अधिकतम कार्यसम्पादन र इन्धनको इकोनोमी प्रदान गर्दछ ।

    गाडीमा २,५३५ एमएम ह्विलबेस र १६५ एमएम ग्राउन्ड क्लेरेन्स छ । यसमा १५ इन्चको अलोय ह्विल छन् । एल्सभीनमा ४ सिलिन्डरहरू छन् र यसमा ३९० लिटरको डिकी स्पेस छ । त्यस्तै गाडीमा ७ इन्च इन्फोटेनमेन्ट टचस्क्रिन पाउन सकिन्छ ।

    चांगन अटो चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड हो । यसले नेपालमा समेत राम्रो प्रतिक्रिया बटुल्नेमा कम्पनी सकारात्मक छ ।

     

    प्रकाशित मिति :मंसिर १९ २०७८ आइतवार - १३:०३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij