२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं ।अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । गत भदौ-असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको हो । अभिनेत्री मानन्धर २.४१ जिपिए ल्याएर उत्तीर्ण भएकी हुन् ।
उत्तीर्ण भएपछि उनले खुसी व्यक्त गरेकी छिन् । छोटो समयको तयारीले पनि परीक्षा राम्रो भएको उनको भनाइ छ । उनले अब स्नातक पढ्ने योजना रहेको बताइन् ।
गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् । ‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज) मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’
किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् । यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij