२०८२ भाद्र ११ गते बुधवार
अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी राणा २ वर्षदेखि देवांश राणासँग प्रेममा थिइन् । साम्राज्ञीको इन्टाग्राममा उनका प्रेमी देवांश बाक्लै देखापर्थे तर, अहिले यी दुईबीचको प्रेम सम्बन्ध टुटेको खबर सार्वजनिक भएको छ । यो जोडी केही समयअघि अलग भएको बताइन्छ ।
झण्डै ३ महिनादेखि साम्राज्ञीका कुनै पनि सामाजिक सञ्जालमा देवांशको उपस्थिति नदेखिनुले पनि यो कुरालाई पुष्टि गरेको छ । यति मात्रै होइन साम्राज्ञीले सामाजिक सञ्जालमा हालेका देवांशसँगका पुराना धेरै फोटा पनि हटाएकी छन् । साम्राज्ञीको ग्यालरीमा बाक्लै भेटिने देवांश अब मुस्किलले मात्रै भेटिने भएका छन् ।
चलचित्र ‘ड्रिम्स’बाट नेपाली रजतपटमा भित्रिएकी साम्राज्ञी र देवांशको प्रेम बालीमा खिचिएका तस्बिर सार्वजनिक भएसँगै चर्चामा आएको थियो । त्यसपछिका सार्वजनिक कयौं कार्यक्रमहरुमा पनि सँगै देखिएको यो जोडीको विवाह हुने चर्चा समेत सुरु भएको थियो ।
प्रेममा रहँदा साम्राज्ञी र देवांशले एक म्युजिक भिडियोमा सँगै अभिनय समेत गरे । जुन गीत साम्राज्ञीकी आमाले गाएकी थिइन् । साम्राज्ञी यसअधि मयंक खड्कासँग प्रेम सम्बन्धमा थिइन् । उनले खड्कासँगको सम्बन्ध तोडेर देवांशलाई साथ दिएकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij