Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

चिनियाँ खोप सार्वजनिक प्रयोगका लागि स्वीकृति

चिनियाँ खोप सार्वजनिक प्रयोगका लागि स्वीकृति


  • 8.1K
    Shares

    • images
    चिनियाँ खोप सार्वजनिक प्रयोगका लागि स्वीकृति
    images

    चीनले सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी साइनोफार्मले तयार पारेको कोरोना भाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ ।

    कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभावकारी देखिएको जनाएको भोलिपल्ट चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका बीबीसीको खबरमा उल्लेख छ । चीनमा अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोग गरी राखिएको छ ।

    चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृतिलाई विश्वकै सबैभन्दा बढी जनसङ्ख्यालाई खोप लगाउनका लागि मुख्य कदमका रूपमा हेरिएको छ । चीनले गएको जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । त्यहाँ अहिलेसम्म खोपको ४५ लाखभन्दा बढी मात्रा वितरण गरिसकिएको  छ । चीनले आफूले विकास गरेको खोप कम विकसित देशहरूलाई उचित मूल्यमा दिने पनि बताएको छ ।

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १२:२०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij