Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आईओटी र एमटुएम सेवालाई नियमन गर्दै दूरसञ्चार प्राधिकरण, यस्तो छ मस्यौदा

आईओटी र एमटुएम सेवालाई नियमन गर्दै दूरसञ्चार प्राधिकरण, यस्तो छ मस्यौदा


  • 5.8K
    Shares

    आईओटी र एमटुएम सेवालाई नियमन गर्दै दूरसञ्चार प्राधिकरण, यस्तो छ मस्यौदा

    नेपाल दूरसञ्चार प्राधिकरणले अब इन्टरनेट अफ थिङ्स (आईओटी) र मसिन टु मसिन (एमटुएम) सेवालाई नियमन गर्ने भएको छ । यसका लागि प्राधिकरणले ‘आईओटी/एमटुएम नियमन सम्बन्धि फ्रेमवर्कको मस्यौदा तयार पारेको छ । 

    बिहीबार उक्त मस्यौदा सार्वजनिक गर्दै प्राधिकरणले एक महिनाभित्र आवश्यक राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।

    उक्त मस्यौदामा आईओटी र एमटुएम सेवालाई २ भागमा विभाजन गरिएको छ । जसमा एउटा इनडोर र आउटडोर रहेका छन् इन्डोर सेवाका लागि प्राधिकरणको स्वीकृत आवश्यक नपर्ने र आउटडोर सेवाका लागि प्राधिकरणको स्वीकृत आवश्यक पर्ने उक्त मस्यौदामा उल्लेख गरिएको छ ।

    इनडोर आईओटी एमटुएम सेवा प्राधिकरणबाट अनुमति प्राप्त टेलिकम सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र आईओटी/एमटुएम सेवा प्रदायकले सेवा उपलब्ध गराउन सक्ने छन् ।

    आईओटी र एमटुएम डिभाइसको पहिचानका लागि आईटीयुको मापदण्ड पछ्याएर नेसनल नम्बरिङ प्लान अनुसार नम्बरिङ रेञ्ज प्रयोग गर्न सकिने उक्त फ्रेमवर्कको मस्यौदामा उल्लेख गरिएको छ । 

    आवश्यक भएमा आईओटी एमटुएम सेवा प्रदायकलाई टेलिकम सेवा प्रदायकबाट सीम कार्ड प्रदान गर्न सकिने छ । जुन सिम आईओटी र एमटुएम सेवाका लागि मात्रै प्रयोग हुनेछ ।

    उक्त मस्यौदामा सुरक्षा, गोपनियता र डेटा व्यवस्थापनको विषय पनि समेटिएको छ । जस अनुसार आईओटी सेवा प्रदान गर्न प्रयोग गरिएका सबै सर्भर नेपाल भित्रै हुनुपर्ने र डाटा पनि सबै नेपाल भित्रै स्टोर गर्नुपर्ने छ ।

    डाटा ब्रिच र गोपनियतामा आईओटी सेवा प्रदायक जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ । साथै डेटा ब्रिच भएको ५ दिनभित्र प्राधिकरणलाई रिपोर्ट बुझाउनु पर्ने र उक्त घटनाबाट सचेत हुनुपर्ने बताइएको छ ।

    यस्तो छ मस्यौदा 

    प्रकाशित मिति :मंसिर १७ २०७८ शुक्रवार - १२:०५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij