२०८२ भाद्र ११ गते बुधवार
ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले एक जनालाई पक्राउ गरेको छ।
झापा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल बोजेपोखरी बस्ने ४२ वर्षीय हर्कबहादुर विकलाई बलात्कार आरोपमा पक्राउ गरिएको परिसरका प्रवक्ता प्रज्वल महर्जनले बताए ।
पक्राउ परेका विकविरुद्ध जबरजस्ती करणीको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij