Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

क्यानले पाँच प्रशिक्षकसँग लियो अन्तर्वार्ता, आईसीसीको परामर्शमा अन्तिम टुंगो लाग्ने

क्यानले पाँच प्रशिक्षकसँग लियो अन्तर्वार्ता, आईसीसीको परामर्शमा अन्तिम टुंगो लाग्ने


  • 5.3K
    Shares

    क्यानले पाँच प्रशिक्षकसँग लियो अन्तर्वार्ता, आईसीसीको परामर्शमा अन्तिम टुंगो लाग्ने

    काठमाडौं । रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन दिएकामध्ये अन्तिम पाँच जनाको अन्तर्वार्ता लिएको छ । 

    क्यानले बुधबार अन्तिम चरणका पाँच प्रशिक्षकसँग अन्तर्वार्ता लिएको हो । यसअघि क्यानको कार्यसमितिको बैठकले पाँच सदस्यीय प्रशिक्षक समिति गठन गरेको थियो । 

    कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् । समितिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदका एक प्रतिनिधिसमेत छन् ।

    क्यानका अनुसार मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको थियो । जसबाट पहिलो चरणमा १५ र दोस्रो चरणमा पाँच जनाको अन्तर्वार्ता लिईएको हो । यद्यपि क्यानले नाम भने खुलाएको छैन ।  

    मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि क्यानले १ कात्तिकमा मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले नेपाली टिम छाड्दा टोली प्रशिक्षकविहीन रहेको छ । 

    क्यानले अन्तिम पाँच जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा पठाएको छ । आईसीसीको परामर्शमा अन्तिम एकको नाम टुंगो लाग्नेछ । 

    प्रकाशित मिति :मंसिर १६ २०७८ बिहिवार - १३:२३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij