Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

२५ अर्बको ट्रेजरी साेझै खरिद गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल

२५ अर्बको ट्रेजरी साेझै खरिद गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल


  • 4.0K
    Shares

    २५ अर्बको ट्रेजरी साेझै खरिद गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल
    images

    नेपाल राष्ट्र बैंकले २५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल साेझै खरिद गर्ने भएको छ । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज (मंसिर १६ गते, बिहीबार) दिउँसाे २ बजेसम्म बाेलकबाेलमा भाग लिन सक्नेछन् । याे ट्रेजरी बिल भाेलि (मंसिर १७ गते, शुक्रबार) खरिद गरिनेछ ।

    काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्नेछ ।

    काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्नेछ । (उदाहरण: रु. १०० को ट्रेजरी बिल्स कति मूल्यमा बिक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने) काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण रु. १ करोड वा रु. १ करोडले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्नेछ ।

    त्यसैगरी, काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्स सबैभन्दा कम बोलमूल्य क्रमको आधारमा बहुमूल्यमा यस बैंकले खरिद गर्न सक्नेछ ।

    बोलकबोलमा संलग्न काउण्टरपार्टीले आज बिहिबार दिनको २:१५ बजेभित्र बोलकबोल गरेका ट्रेजरी बिल्सको सक्कलै प्रति यस बैंकमा बिक्रीका लागि दाखिला गर्नुपर्ने छ र तोकिएको समय सीमाभित्र यस्ता ट्रेजरी बिल्स दाखिला नगर्ने काउण्टरपार्टीलाई बोल मूल्यको २.५० प्रतिशतका दरले हर्जाना सहित आगामी ६ महिनासम्म खुला बजार तथा व्याजदर कोरिडोरसम्बन्धी कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाउन सकिने छ ।

    बोलकबोलको बाँडफाँडमा Cut-off Rate लगाउने, पूर्ण वा आंशिक बोलकबोल आव्हान रकम स्वीकार वा अस्वीकार गर्ने लगायतका अधिकार समितिमा निहित रहने सूचनामा उल्लेख गरिएकाे छ ।

    ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

    61a866eb0c8e5.jpg

     

    प्रकाशित मिति :मंसिर १६ २०७८ बिहिवार - १२:४२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij