Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

राष्ट्रिय बीमा संस्थानका कर्मचारीले विना धितो १५ लाख कर्जा पाउने

राष्ट्रिय बीमा संस्थानका कर्मचारीले विना धितो १५ लाख कर्जा पाउने


  • 3.9K
    Shares

    राष्ट्रिय बीमा संस्थानका कर्मचारीले विना धितो १५ लाख कर्जा पाउने
    images

    राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल ब्यांक लिमिटेडबाट विना धितो रु.१५ लाखसम्मको कर्जा पाउने भएका छन्। 

    राष्ट्रिय बीमा संस्थानको सिफारिशका आधारमा कर्मचारीलाई विना धितो सुलभ ब्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने सम्बन्धी ब्यांक र संस्थानबीच १५ मंसीरमा सम्झौता भएको हो। 

    सम्झौतामा ब्यांकका काठमाडौं ब्यांकिङ कार्यालयका मुख्य प्रबन्धक सुन्दर पन्थी र बीमा संस्थानका व्यवस्थापक भोलानाथ घिमिरेले हस्ताक्षर गरेका छन्। 

    कार्यक्रममा बोल्दै नेपाल ब्यांक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल ब्यांक र राष्ट्रिय बीमा संस्थानबीच पुरानो सम्बन्ध रहेको स्मरण गर्दा सेवाग्राही कर्जाबाट राष्ट्रिय बीमा संस्थानका सम्पूर्ण कर्मचारी लाभान्वित हुने बताए।बीमा  संस्थानका प्रशासक कविप्रसाद पाठकले नेपाल ब्यांक लिमिटेडको सेवा–सुविधाको प्रशंसा गरे। 

    प्रकाशित मिति :मंसिर १६ २०७८ बिहिवार - १२:२०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij