२०८२ भाद्र १ गते आइतवार
नयाँ कारोबार शुल्क अनुरुप बैंक/वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले २०७८ मंसिर ७ गतेबाट कारोबार रकम बमोजिम २ रुपैयाँदेखि ८ सम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।
५०० रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ,५०० भन्दा माथि ५,००० सम्मप्रति कारोबार शुल्क ४ रुपैयाँ र ५,००० रूपैयाँ भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ लागू हुने भएको छ । यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्टआईपीएस मोबाईल एप, बैंकरवित्तिय संस्थाका मोबाईलरइन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोडरविड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ । कनेक्टआईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क २ रुपैयाँदेखि ५ रुपैयाँसम्म कायम रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्टआईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धी भएको छ त्यसै गरी उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या ११७,०१२ तथा रकमको आधारमा दैनिक औसत ८.३ अर्ब बराबरको रहेको छ । कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने विश्वास गरिएको छ।
के हो कनेक्ट आईपीएस ?
कनेक्ट आईपीएस ई–पेमेन्टप्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटर्फम हो । जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् । उक्त प्ल्याटर्फममा सदस्य बैंकहरुका ग्राहकहरूका लागि अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, आदिगर्न सकिने व्यवस्था रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij