Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

देशभर आज ५३४ कोरोना संक्रमित थपिए

देशभर आज ५३४ कोरोना संक्रमित थपिए


  • 7.2K
    Shares

    देशभर आज ५३४  कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    २४ घण्टामा ६००० जनाको पिसिआर परीक्षण गर्दा ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४ सय ७७ पुगेको छ। 

    आज थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। 

    आज मात्र ४ सय ४७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ।      
     

    प्रकाशित मिति :पौष १६ २०७७ बिहिवार - १५:४३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij