२०८२ भाद्र ३ गते मंगलवार
नेपाल प्रहरीले विभिन्न पदमा नयाँ भर्ना गर्न लागेको छ।
प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो। जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ। समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ। महिलातर्फ चार सय ४१ जना मागेको छ।
प्रहरी प्रधान कार्यालयले आज गोरखापत्रमा प्रकाशन गरेको सूचनामा कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने उल्लेख छ। ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ। दरखास्त फारमको एक सय ५० दस्तुर लाग्नेछ।
कक्षा आठ वा सो सरह पास गरेकोले फारम भर्न पाउँछन्। उचाइ पुरूषका हकमा घटीमा पनि पाँच फिट दुई इन्च र तौल ५० केजी हुनुपर्नेछ। यस्तै महिलाका हकमा पाँच फिट र तौल ४२ केजी हुनुपर्नेछ।
१८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखा नक्सालले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij