Logo

२०७८ मंसिर १२ गते आइतवार

images

बेहुलीको पोशाकमै परीक्षा हलमा प्रवेश गरेपछि ...

बेहुलीको पोशाकमै परीक्षा हलमा प्रवेश गरेपछि ...

खबर सेन्टर

८ मंसिर २०७८
  • 687
    SHARES
  • images
    images
    बेहुलीको पोशाकमै परीक्षा हलमा प्रवेश गरेपछि ...
    images
    images
    images

    परीक्षा हुनु केही दिनअघिदेखि नै विद्यार्थीहरू तयारीमा लाग्छन् । पढाइको तयारी मात्रै होइन, व्यक्तिगत पोशाकका कुरादेखि लेख्ने सामग्रीसम्मको जोहो गर्छन् । तर भारतको गुजरातमा एक महिला विवाहका दिन बेहुलीकै पोशाकमा परीक्षा हलमा प्रवेश गरेको पाइएको छ ।

    images
    images
    images

    गुजरातको राजकोटमा विवाहकै दिन परीक्षा समयमा ती महिला कलेज पुगेकी थिइन् । परीक्षा दिइसक्ने बित्तिकै उनले विवाह मण्डपमा बस्ने समय मिलाइएको थियो ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार शिवांगी नामक ती महिला स्नातक तहकी विद्यार्थी हुन् । उनले बिहान परीक्षा दिएर दिउँसो बिहे गर्नुपर्ने थियो, त्यसैले उनी बिहानै बेहुलीको पोशाक लगाएर परीक्षा हलमा आएकी थिइन् ।

    शिवांगीले भनिन्, ‘मेरो बिहेको मिति तय हुँदा परीक्षाको तालिका आएको थिएन । अब मेरो भाग्य नै यस्तो रहेछ, बिहे हुने दिन नै परीक्षा हुने भयो । त्यसैले मैले परीक्षा पनि दिने र बिहे पनि गर्ने निर्णय लिएँ ।’ एजेन्सी

    images
    प्रकाशित मिति :मंसिर ८ २०७८ बुधवार - १२:२५:३० बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार