Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कोरोनाबाट २४ घण्टामा ४ को मृत्यु, थप ३८५ जनामा कोरोना संक्रमण

कोरोनाबाट २४ घण्टामा ४ को मृत्यु, थप ३८५ जनामा कोरोना संक्रमण


  • 6.1K
    Shares

    • images
    कोरोनाबाट २४ घण्टामा ४ को मृत्यु, थप ३८५ जनामा कोरोना संक्रमण
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको छ ।

    यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३३२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् । 

    हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् । 

     

    प्रकाशित मिति :मंसिर ६ २०७८ सोमवार - १६:२५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij