महोत्तरी । मंसिर-‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानलाई देशभर चलाउनु पर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । महोत्तरीको मटिहानी नगरपालिकाको रंगशाला उद्घाटन कार्यक्रममा बोल्दै ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानलाई देशभर चलाउनु पर्ने बताएकी हुन्
प्रदेश २ मा महिला हिंसा बढी हुनु दुःखद् रहेको बताउँदै यो अभियान प्रदेश २ मा मात्रै नभइ देशै भरी लैजानु पर्ने बताएकी छन् । प्रदेश २ मा सरकारले विगतका वर्षहरु देखि ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान सञ्चालन गर्दे आइरहेको छ ।