Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

क्रसफायर मोटरसाइकलको मूल्य वृद्धि, अब कुन मोडलको नयाँ मूल्य कति ?

क्रसफायर मोटरसाइकलको मूल्य वृद्धि, अब कुन मोडलको नयाँ मूल्य कति ?


  • 6.5K
    Shares

    • images
    क्रसफायर मोटरसाइकलको मूल्य वृद्धि, अब कुन मोडलको नयाँ मूल्य कति ?
    images

    काठमाडौं । नेपाली बजारमा क्रसफायर मोटरसाइकल बिक्री–वितरण गरिरहेको क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले मूल्य वृद्धि गरेको छ । आजै देखि लागू हुने गरी नयाँ मूल्य सूची कायम गरिएको कम्पनीको भनाइ छ ।

    क्रसफायरले केही दिन पहिले अपडेटेड ट्रयाकर २५० नेपाली बजारमा उपलब्ध गराएको थियो । यसको मूल्य पहिले नै ३ लाख ७५ हजार रुपैयाँ सार्वजनिक गरिएको थियो । यो भन्दा पहिलेको मोडलको मूल्य ३ लाख ४८ हजार रुपैयाँ थियो ।

    त्यसैगरी क्रसफायर एचजे २५० को मूल्य ६ लाख ५५ हजार बाट बढाएर ६ लाख ७० हजार रुपैयाँ तोकिएको थियो । क्रसफायर आरएम २५० को मूल्य ७ लाख २५ हजार बाट ७ लाख ४८ हजार पुगेको छ ।

    क्लासिक ह्विल्सले नेपाली बजारमा बिक्री गरिरहेको स्कुटर इटालिकामोटो फर्मुला १५० को मूल्य पनि ३ लाख १० हजार बाट बढाएर ३ लाख २० हजार रुपैयाँ कायम गरिएको छ ।

    प्रकाशित मिति :मंसिर ६ २०७८ सोमवार - १४:५१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij