Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आज मुलुकभर ५११ जनामा कोरोना संक्रमण पुष्टि

आज मुलुकभर ५११ जनामा कोरोना संक्रमण पुष्टि


  • 9.4K
    Shares

    आज मुलुकभर ५११ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ ।

    कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै कास्कीमा ५०, रुपन्देहीमा १९, चितवनमा १६ र पाल्पामा १० जनामा संक्रमण देखिएको छ ।

     

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - १६:४४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij