२०८२ भाद्र ११ गते बुधवार
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानी मालटोलमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानी मालटोलमा भारतीय ट्रक र ईन्धन बोक्ने ट्याङ्कर एक आपसमा जुध्दा घटना स्थलमै दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
घुमाउँरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङ्कर भारतीय ट्रकसँग ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
दुर्घटनामा परी ट्याङ्कर चालक मोरङ विराटनगरका ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रकका २० वर्षीय चालक रगीला कुमारको मृत्यू भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका मण्डललाई जनकपुरको प्रादेशिक अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा ट्याङ्करका सहचालक विराटनगर ४ का धनराज यादव गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । भारतीय ट्रकका सहचालकको अवस्था समेत गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते सहचालकको उपचार प्रादेशि अस्पताल जनकपुरमा भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij