Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, यस्तो छ प्राधिकरणले जारी गरेको मस्यौदा

एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, यस्तो छ प्राधिकरणले जारी गरेको मस्यौदा


  • 6.0K
    Shares

    एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, यस्तो छ प्राधिकरणले जारी गरेको मस्यौदा

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताका लागि सेवाप्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने ‘मोबाइल नम्बर पोर्टेबिलिटी’ सम्बन्धी व्यवस्था लागू गर्ने गरी आवश्यक नियमावली तयार पारेको छ ।

    ‘मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ को मस्यौदा तयार गरी प्राधिकरणले परामर्शका लागि उपलब्ध गराएको हो ।

    प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको सिमकार्डमै आफूले चाहेको नेटवर्कमा स्विच गर्नसक्ने व्यवस्थाका साथ एमएनपी सम्बन्धी नियमावली ल्याइएको छ ।

    यसको अर्थ अहिले नेपाल टेलिकम, एनसेल वा स्मार्टको सिमकार्ड प्रयोग गरिरहेका ग्राहकले आफूले प्रयोग गरिरहेकै नम्बरमा कम्पनी परिवर्तन गरी सेवा लिन सक्नेछन् ।

    नियमावली तयार गरी यसअघि यो प्राधिकरण बोर्डमा पेस भएको थियो । प्राधिकरण बोर्डले यो विषय संवेदनशील भएको भन्दै सार्वजनिक परामर्शका लागि एक महिना उपलब्ध गराउने निर्णय गरेको थियो ।

    त्यसैका आधारमा प्राधिकरणले बुधबार नियमावलीको मस्यौदा बसाइटमा उपलब्ध गराएको हो । अब उक्त मस्यौदामा आएको सुझाव र रायका आधारमा प्राधिकरणले आवश्यक परिमार्जन गरी विनियमावलीलाई अघि बढाउने छ ।

    मस्यौदा अनुसार एमएनपीको बोलकबोलबाट लागि नम्बर पोर्टेबिलिटी क्लियरिङ (एनपीसी) का लागि अनुमति प्रदान गरिने छ । जसले एमएनपीका लागि आवश्यक पूर्वाधार स्थापना, सञ्चालन, व्यवस्थापन, समन्वय र मर्मतको सम्पूर्ण काम गर्नेछ ।

    यदि तोकिएबमोजिम सेवा उपलब्ध गराउन नसकेको खण्डमा त्यस्ता कम्पनीको अनुमति खारेज गर्न सकिने व्यवस्थासमेत नियमावलीमा उल्लेख गरिएको छ ।

    नियमावलीका अनुसार नम्बर पोर्टेबिलिटीका लागि सबै प्रयोगकर्ता योग्य हुनेछन् । तर, आफ्नो नम्बर अर्को सेवामा परिवर्तन गर्न चाहनुहुन्छ भने पुरानो सेवा प्रदायकको नेटवर्कमा ९० दिनभन्दा धेरै उक्त मोबाइल नम्बर सक्रिय भएको हुनुपर्नेछ ।

    त्यस्तै, नेटवर्क परिवर्तन गर्दा उपलब्ध गराउने व्यक्तिगत जानकारी र पुरानो जानकारी पूर्णरुपमा मिल्नुपर्ने छ । साथै आफूले प्रयोग भइरहेको सेवा प्रदायकसँग कुनै पनि दायित्व रहेको हुन नहुने जनाइएको छ । त्यतिमात्रै नभएर एउटा सेवा प्रदायकले उक्त नम्बर ब्लक गरेको वा कुनै सेवा रोक नलगाएको अवस्थामा पनि नेटवर्क परिवर्तन सम्भव हुनेछैन ।

    साथै अदालतबाट मोबाइल नम्बर पोर्टिङ गर्न रोक नलगाएको हुनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । उल्लेखित शर्तहरू पुरा गरेको खण्डमा मात्रै प्रयोगकर्ताले एउटै नम्बरमा नेटवर्क परिवर्तन गर्न सक्ने जनाइएको छ ।

    त्यसका लागि ग्राहकले नम्बर परिवर्तनको अनुरोध फारम भनेर नयाँ सेवा लिन चाहेको सेवा प्रदायकको कार्यालयमा बुझाउनुपर्ने जनाइएको छ ।

    पोर्टिङ प्रक्रियाका लागि जुन सेवा प्रदायकको सेवा दिन चाहेको सोही सेवा प्रदायकको कार्यालयमा गएर निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । प्रापक सेवा प्रदायकले योग्य उपभोक्ताको पोर्टिङको निवेदनलाई मात्र पोर्टिङको प्रक्रियामा लैजाने जनाइएको छ ।

    पोर्टिङको प्रक्रिया गएको जानकारी दिनका लागि क्लियरिङ हाउसले प्रयोगकर्तालाई एसएमएसमार्फत जानकारी गराउनुपर्नेछ । यस्तो एसएमएस सेवा प्रदायकले निशुल्क रुपमा उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

    यसरी पोर्टिङ प्रक्रिया चलिरहँदा सम्म पुरानो कम्पनीले सेवा प्रदायकको सेवा अवरुद्ध गर्न नपाउने उल्लेख छ । भने, पोर्टिङ प्रक्रिया सफल भएसँगै प्रापक दूरसञ्चार सेवा प्रदायकले उपभोक्ताको लागि नयाँ सिमकार्ड व्यवस्था गर्नुपर्ने जनाइएको छ ।

    परमार्शका लागि जारी गरिएकाे याे नियमावलीमा बाहिरबाट आएको आवश्यक राय तथा सुझावलाई समावेश गरेर पुनः प्राधिकरण बोर्डमा पेस हुनेछ। राय सुझाव ppaudyal@nta.gov.np, rpaudel@nta.gov.np मा इमेल अथवा ०१-५३५५४७४ मा कल गरि टिपाउन सकिने छ ।

    बोर्डमा पेस भएको नियमावलीमाथि आवश्यक छलफलपश्चात बोर्डले पास गरेर मन्त्रालयमा पठाउने छ । त्यसपश्चात् मन्त्रालयले विनियमावली क्याबिनेटमा पेस गर्नेछ । भने, क्याबिनेटबाट पास भएर मात्रै यो कानूनी रुपमा लागू हुनेछ ।

    यस्तो छ नियमावलीको मस्यौदा

    प्रकाशित मिति :मंसिर १ २०७८ बुधवार - १६:२४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij