Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

१ करोड ९९ लाख पर्ने फोर्ड एभरेष्ट एसयूभी नेपालमा सार्वजनिक हुँदै, कहिले ?

१ करोड ९९ लाख पर्ने फोर्ड एभरेष्ट एसयूभी नेपालमा सार्वजनिक हुँदै, कहिले ?


  • 6.0K
    Shares

    • images
    १ करोड ९९ लाख पर्ने फोर्ड एभरेष्ट एसयूभी नेपालमा सार्वजनिक हुँदै, कहिले ?
    images

    काठमाडौं । नेपाली चारपाग्रे बजारमा अर्को नयाँ एसयूभी थपिने भएको छ । फोर्ड एभरेष्ट अफरोड एसयूभी आगामी फेब्रुअरीमा सार्वजनिक हुने निश्चित भएको हो ।

    नेपालका लागि फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले नयाँ २.० लिटर बाई–टर्बो डिजेल इन्जिन र विश्वकै पहिलो १० स्पिड अटोमेटिक ट्रान्समिसनयुक्त फोर्ड एभरेष्ट अफरोड एसयूभी ल्याउने भएको हो ।

    फोर्ड एभरेष्टमा भएका विभिन्न प्रविधिले एसयूभीलाई थप बलियो र सुरक्षित बनाएको छ ।

    ह्यान्ड्स फ्रि कल गर्न, ट्राफिक कन्डिसन अनुसार परिवर्तन गर्न र पार्किङ, भ्वाइस कमान्ड सहितका सिंक थ्री, एप्पल कारप्ले थ्री, एपलिंक, किलेस इन्ट्री र पुस बटन स्टार्ट, रियरभ्यु क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प यो गाडीको मुख्य फिचर अन्तर्गत पर्छ ।

    १ करोड ९९ लाख प्रारम्भिक मूल्य तोकिएको फोर्ड एभरेष्टमा भएको अफरोडिङ क्षमता, अफोर्डेबल सर्भिस कस्ट र एड्भान्स फिचर प्याकले नेपालको प्रिमियम एसयूभी सेगमेन्टमा नयाँ बेन्चमार्क स्थापित गर्ने कम्पनीको भनाइ छ ।

    प्रकाशित मिति :मंसिर १ २०७८ बुधवार - ११:५५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij