Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सामुदायिक विद्यालयले कानुनविपरीत चर्को शुल्क लिएपछि विद्यार्थी आन्दोलित, विद्यालय परिसरमा नाराबाजी गर्दै प्रदर्शन

सामुदायिक विद्यालयले कानुनविपरीत चर्को शुल्क लिएपछि विद्यार्थी आन्दोलित, विद्यालय परिसरमा नाराबाजी गर्दै प्रदर्शन


  • 5.7K
    Shares

    सामुदायिक विद्यालयले कानुनविपरीत चर्को शुल्क लिएपछि विद्यार्थी आन्दोलित, विद्यालय परिसरमा नाराबाजी गर्दै प्रदर्शन
    images

    रौतहट । सामुदायिक विद्यालयले कानुनविपरीत चर्को शुल्क लिएपछि रौतहटको सदरमुकाम गौरमा रहेको जुुद्ध उच्च मा.वि.का विद्यार्थीहरु आन्दोलित भएका छन् । संविधानले माध्यामिक तहसम्म निःशुल्क शिक्षा ग्यारेन्टी गरिसकेको अवस्थामा सो विद्यालयले अवैध रुपमा शुल्क उठाइरहेको भन्दै विद्यार्थीले विद्यालय परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

    आन्दोलनरत विद्यार्थीहरुले विद्यालयमा तोडफोड तथा आागजनी पनि गरेका थिए । उनीहरुले सामुदायिक विद्यालयमा कुनैपनि बहाना शुल्क लिन नहुने भन्दै आफूहरुको माग पूरा नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    ‘नेपालको संविधान लगायत विभिन्न शिक्षासम्बन्धी ऐन तथा नियमावलीले माध्यामिक तहसम्म निशुल्क अध्ययनको प्रबन्ध गरेको छ,’ आन्दोलनरत एक विद्यार्थीले भने , ‘तर विद्यालय प्रशासनले मनलाग्दी ढंगबाट विद्यार्थीबाट शुल्क उठाइरहेको छ । यो बन्द नहुन्जेल हामी आन्दोलन गरिरहन्छौँ ।’

    विद्यालयले हाल अंग्रेजी र नेपाली माध्यम भनेर दुई थरिको शिक्षा प्रदान गरिरहेको छ । विद्यालयले नेपाली माध्यममा पढने विद्यार्थीहरुलाई निशुल्क र अगे्रजी माध्यममा पढने विद्यार्थीहरुले बोर्डिङ्ग स्कूलमा झै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क लिएको भन्दै विद्यार्थी आक्रोशित भएका हुन् ।

    यसरी कानुनविपरीत शुल्क नउठान् भनेर विद्यार्थीहरुले यसअघि पनि पटक पटक आन्दोलन गरेपनि सुनुवाइ नभएपछि कडा आन्दोलनमा उत्रन वाध्य भएको विद्यार्थीहरुको भनाइ छ । अनेरास्ववियूका सचिवालय सदस्य रवि मिश्रले कानुन विपरित शुल्क उठाउने निर्णय गर्ने तत्कालीन प्रधानाध्यापक नागेन्द्र प्रसाद मण्डल र हालका प्रधानाध्यापक चन्देश्वर राउतलाई कारवाही हुनुपर्ने माग गर्दै आन्दोलनरत विद्यार्थीहरुको साथमा आफुहरुपनि रहेको बताए ।

    ‘हामीले पनि ऐन, कानुन, संविधानविपरीत शुल्क नलिन विद्यालय प्रशासनलाई बारम्बार अनुरोध गरिरहेका छौँ’ मिश्रले भने , ‘तर, विद्यालय प्रशासन र प्रधानाध्यापकले नियम कानुनको धज्जी उडाइरहेका छन् । यसलाई तुरुन्त रोक्नुपर्छ , कानुनभन्दा माथि कोहीँ हुँदैनन् ।’ यता विद्यालय प्रशासनले भने विद्यालयले आफ्नै श्रोतबाट अंगे्रजी माध्यम सञ्चालन गरेकाले शिक्षकको तलब लगायतको सुविधा दिनको लागि अभिभावकसँगै सल्लाह गरेर शुल्क उठाएको बताउँदै आएको छ ।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १२:२२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij