Logo

२०७८ मंसिर १२ गते आइतवार

images

कोरियन भाषा परीक्षा पुस १ देखि, अनलाइन आवेदन दिनुपर्ने (सूचनासहित)

कोरियन भाषा परीक्षा पुस १ देखि, अनलाइन आवेदन दिनुपर्ने (सूचनासहित)

खबर सेन्टर

३० कार्तिक २०७८
  • 792
    SHARES
  • images
    images
    कोरियन भाषा परीक्षा पुस १ देखि, अनलाइन आवेदन दिनुपर्ने (सूचनासहित)
    images
    images
    images

    कोरियन भाषा परीक्षा (सीबीटीतर्फ) आगामी पुसमा हुने भएको छ।

    images
    images
    images

    वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार कोरियन भाषा परीक्षा पुस १ देखि ७ गतेसम्म सञ्चालन गरिने भएको हो। परीक्षा सकिएको १ महिनामै नतिजा प्रकाशन गरिने ईपीएस शाखाले जनाएको छ। 

    कोरियाले नेपाली श्रमिक उत्पादन, कृषि तथा पशुपालन क्षेत्रका कामका लागि लाने गरेको छ। भाषा परीक्षामा सहभागी हुन आगामी मंसिर ६ देखि ८ गतेसम्म आवेदन दर्ता गराइसक्नुपर्ने सूचनामा उल्लेख छ।

    आवेदन अनलाइनबाट दर्ता गर्नुपर्नेछ।

    आवेदन फारम भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी सुरक्षित राख्न ईपीएस शाखाले आग्रह गरेको छ। 

    परीक्षा शुल्क अमेरिकी डलर २४ तोकिएको छ। राष्ट्र बैंकले तोकेको विनिमयदरका आधारमा उक्त रकम बराबरको नेपाली रुपैयाँ ग्लोबल आईएमई बैंकको खातामा जम्मा गर्न भनिएको छ। 

    अनलाइनबाट कसरी दिने आवेदन? 

     

    images
    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - ०७:३७:५९ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार