Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

भाइटीकाको दिन काठमाडौं उपत्यकामा ५०१ जना सहित देशभर ११९७ जनामा संक्रमण पुष्टि

भाइटीकाको दिन काठमाडौं उपत्यकामा ५०१ जना सहित देशभर ११९७ जनामा संक्रमण पुष्टि


  • 9.0K
    Shares

    भाइटीकाको दिन काठमाडौं उपत्यकामा ५०१ जना सहित देशभर ११९७ जनामा संक्रमण पुष्टि
    images

    देशभर तिहारको भाइटीकाका दिन ११९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    बितेको २४ घण्टामा जम्मा ४ हजार ८३२ जनाको मात्र पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना पुष्टि भएको हो । संक्रमितमा ४६२ महिला र ७३५ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २९३४ जना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ । 
    यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख १० हजार ९७३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७६ हजार ३६४ रहेको छ । अब देशभर सक्रिय संक्रमित ३३ हजार ३७९ जना रहेका छन् । 

    यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १२३० पुगेको छ । यस्तै १०१३ जना क्वारेन्टिनमा रहेका छन् भने संक्रमितमध्ये २८ हजार ३६० जना होम आइसोलेशनमा रहेका छन् । 
    हाल मनाङ बाहेक अरु सब जिल्लामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

    यसैबीच पछिल्लो २४ घण्टाम काठमाडौं उपत्यकामा ५०१ जनामा संक्रमण पुष्टि भएको छ । 

    प्रकाशित मिति :मंसिर १ २०७७ सोमवार - १८:५८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij