Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यस्ता छन् मोबाइल इन्टरनेट र भ्वाइस कल गर्दा लाग्ने शुल्क, कुन कम्पनीको कति ?

यस्ता छन् मोबाइल इन्टरनेट र भ्वाइस कल गर्दा लाग्ने शुल्क, कुन कम्पनीको कति ?


  • 6.1K
    Shares

    यस्ता छन् मोबाइल इन्टरनेट र भ्वाइस कल गर्दा  लाग्ने  शुल्क, कुन कम्पनीको कति ?

    काठमाडौँ । पछिल्लो समय डेटा सेवा अपरिहार्य भएको छ । जुनसुकै काम गर्दा पनि मोबाइल तथा फाइबर इन्टरनेट डेटा आवश्यक नै पर्छ । अनलाइन मार्फत ठूला कार्य गर्न फाइबर इन्टरनेटकै प्रयोग बढी छ भने मोबाइल डेटाको प्रयोग कम नै छ ।

    प्रयोकर्ताहरुलाई पनि सेवाप्रदायकले तोकेको ट्यारिफ रेटबारे खासै जानकारी भएको पाइदैन । जसले गर्दा पनि बढी पैसा काट्ने लगायतका विभिन्न समस्या आउने गरेका छन । कुनै एक टेलिकम प्रयोगकर्ताले कुन नेटवर्कमा कल गर्दा वा कुन सेवाप्रदायकको डेटा चलाउँदा कति शुल्क लाग्छ भन्ने बिषयमा स्पष्ट हुनु जरुरी छ ।

    नेपालमा अहिले भ्वाइस सेवा दिन तीन ओटा सेवाप्रदायक सञ्चालनमा छन । बिशेषगरी नेपाल टेलिकम,एनसेल र स्मार्ट टेलिकम भएपनि नेपाली दूरसञ्चार बजार डुओपोली नै भएको छ । दूरसञ्चार प्राधिकरण मार्फत यस्ता प्रकारका शुल्क दर निर्धारण हुने गर्छन् जुन टेलिकम सेवाप्रदायक बीच नै फरक फरक शुल्क तोकिएको छ ।

    कुन नेटवर्कमा कल गर्दा कति शुल्क ?

    टेलिकमबाट एनसेल

    निजी सेवाप्रदायकको तुलनामा नेपाल टेलिकमबाट अन्य नेटवर्कमा कल गर्दा र आफ्नै नेटवर्क भित्र सम्पर्क गर्दा शुल्क कम नै लाग्ने गर्छ । जसमा टेलिकमको पिएसटीएन,जिएसएम पोष्टपेड सीमबाट एनसेलको पोष्टपेड÷प्रिपेडमा कल गर्दा प्रति मिनेट १ रुपैयाँ ५० पैसा तोकिएको छ ।

    त्यस्तै जीएसएम प्रिपेड÷सिडिएमए प्रिपेडबाट एनसेलको दुवै नेटवर्कमा कल गर्दा प्रति मिनेट २ रुपैयाँ सेवाग्राहीले तिर्नुपर्ने हुन्छ भने टेलिकम सिडिएमएबाट एनसेलमा कल गर्दा प्रति मिनेट १.५० रुपैयाँ शुल्क तोकिएको छ ।

    टेलिकमबाट स्मार्ट टेलिकम

    टेलिकमको नेटवर्कबाट स्मार्ट टेलिकमको नेटवर्कमा सम्पर्क गर्दा पनि एनसेलको सरह नै शुल्क दर निर्धारण भएको छ । जसमा टेलिकम पिएसटीएन÷ जिएसएम पोष्टपेड र सिडिएमए पोष्टपेड सिमबाट स्मार्टको नेटवर्कमा कल गर्दा १ रुपैयाँ ५० पैसाँ सेवाग्राहीले तिनुपर्ने हुन्छ भने जीएसएमस प्रिपेड र सिडिएमए प्रिपेडबाट दुई रुपैयाँ ट्यारिफ तोकिएको छ ।

    एनसेल नेटवर्कबाट टेलिकम र स्मार्ट नेटर्वका कल गर्दा...

    एनसेल पोष्टपेड सिम मार्फत एनसेल नेटवर्कमा कल गर्दा १ रुपैयाँ र नेपाल टेलिकमको पोष्टपेड/ प्रिपेड/सिडिएमए नेटवर्कमा १.२० रुपैयाँ र स्मार्टको नेटवर्कमा १.५० रुपैयाँ शुल्क तोकिएको छ ।
    त्यसैगरी एनसेल प्रिपेड नेटवर्कबाट टेलिकमको सबै सेवामा र स्मार्ट टेलिकमको सबै सेवामा प्रति मिनेट १.९९ रुपैयाँ सेवाग्राहीले तिनुपर्ने बाध्यता छ ।

    स्मार्ट टेलिकम तर्फ स्मार्टकै नेटवर्कमा कल गर्दा प्रति मिनेट १.५० रुपैयाँ, टेलिकम र एनसेलको सबै सेवा÷नेटवर्कमा कल गर्दा १.५० रुपैयाँ प्रति मिनेट शुल्क लाग्ने गरेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउन अन्तर आवद्धता शुल्क सम्बन्धी निर्देशिका ल्याएपनि कार्यान्वयन हुन सकेको छैन ।

    मोबाइल डेटा

    हाल नेपालमा मोबाइल मार्फत पनि तीन ओटा ठूला सेवाप्रदायकले मोबाइल डेटा सेवा दिइरहेका छन। अहिले नेपाल टेलिकमले प्रति एमबी एक रुपैयाँ सेवाग्राही मार्फत लिदै आएको छ भने एनसेलको प्रति एमबी दुई रुपैयाँ छ ।

    नेपाल टेलिकमको तुलनमा निजी क्षेत्रको एनसेलको डेटा शुल्क बढिरहेको देखिन्छ । स्मार्ट टेलिकमको प्रति एमबी १.५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १८:०७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij