Logo

२०७८ मंसिर १२ गते आइतवार

images

राजेन्द्रमान डङ्गोलको ‘पैतालामा हिउँ, आँखामा हिमाल’ नियात्रासङ्ग्रह सार्वजनिक

राजेन्द्रमान डङ्गोलको ‘पैतालामा हिउँ, आँखामा हिमाल’ नियात्रासङ्ग्रह सार्वजनिक

खबर सेन्टर

२८ कार्तिक २०७८
  • 1.2K
    SHARES
  • images
    images
    राजेन्द्रमान डङ्गोलको ‘पैतालामा हिउँ, आँखामा हिमाल’ नियात्रासङ्ग्रह सार्वजनिक
    images
    images
    images

    काठमाडौँ । कवि तथा नियात्राकार राजेन्द्रमान डङ्गोलको दोस्रो नियात्राकृति ‘पैतालामा हिउँ, आँखामा हिमाल’को सार्वजनिकीकरण एक बृहत् कार्यक्रमबीच हिजो शनिबार राजधानीमा सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रा. डा. रमेश भट्टराईले कृतिलाई सिर्जनाको सर्वोच्च प्रस्तुति भएको राय व्यक्त गर्नुभएको छ ।

    images
    images
    images

    घरेलु पर्यटनका दृष्टिले यति शक्तिशाली कृति आफूले आजसम्म पढ्न नपाएको उहाँको कथन थियो । पाठकीय अभिप्रेरणा सबैभन्दा शक्तिशाली पक्ष हुने भन्दै उहाँले जसले आफ्नो देशको हिमाल चिन्दैन, उसले आफ्नो राष्ट्र चिन्दैन भन्ने दाबी गर्नुभयो ।

    त्यसै गरी नियात्राकार तथा कवि दामोदर पुडासैनी ‘किशोरु’ले यात्रा लेखन जीवन लेखन भएको विचार व्यक्त गर्नुभयो । संसारमा सर्वाधिक पढिने कृति नै नियात्रा भएको जिकिर गर्दै प्रस्तुति, भाषाशैली र विषयवस्तुका रूपमा कृति उत्कृष्ट भएको उहाँको भनाइ थियो । विचरणका सिलसिलामा हिमालको कला, संस्कृति र जनजीवन साथै पीडा र दर्दलाई समेत समेट्नुपर्छ डङ्गोलको विशिष्ट क्षमता भएको जिकिर गरे । 

    त्यसरी नै नियात्राकार तथा लघुकथाकार श्रीओम श्रेष्ठ ‘रोदन’ले समयावधिको हिसाबले धेरै पछाडि आउनु पर्ने भए पनि लेखनका दृष्टिले डङ्गोल निकै अगाडि आउने बताउनु भयो। डङ्गोलका नियात्रा आख्यानले भरिएका, काव्यले रङ्गिएका र अनुभूतिले सजिएका छन् भन्न उनको अभिमत थियो । डङ्गोलका बालसखा राम लोहनीले कृति काव्यात्मक भएको भन्दै इतिहास, भूगोल, कला, संस्कृति,धर्म र जनजीवनका ऊहापोह सबै कृतिमा भेटिने जिकिर गर्नुभयो । सीमित सीमाका बाबजुद कृति पढ्न मनलाग्ने बनेको उनको राय थियो ।

    zzz.jpg
     
    रचनागर्भबारे चर्चा गर्दै नियात्राकार राजेन्द्रमान डङ्गोलले आफ्नो पेसाले नै नियात्रा लेखनमा अभिप्रेरणा प्राप्त भएको भन्दै आरएम डङ्गोल, श्रीहरि फुयाँलल र माधव घिमिरे ‘अटल’लगायतका अग्रज साहित्यकारले आफूलाई थप उत्साहित बनाएको बताए । त्यसरी नै बोधराज भण्डारी, निलहरि बास्तोला, राजेन्द्र सापकोटाजस्ता पर्यटन व्यवसायीले पुस्तक प्रकाशनमा हौस्याएको भनाइ राखे ।
     
    कार्यक्रममा बोधराज भण्डारी, सरिता लामा, रङ्केश गुरुङ, खुमबहादुर सुवेदी, दीपक महत र बिक्रम पाँडेकाजीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने फिनिक्स पब्लिकेसनका गणेश सुवेदीले प्रकाशकीय मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण कवि लक्ष्मी रूम्बाले गर्नुभएको थियो भने अध्यक्षता त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष आरएम डङ्गोलले गर्नुभएको थियो ।

    images
    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १७:५५:४० बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार