२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नायिका बर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटलअन्र्तगत रहेको स्किन सिटीको सिइओमा नियुक्त भएकी छिन् ।
छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा आबद्ध भएसँगै वर्षाले सम्पूर्ण शुभेच्छुकको साथ, सहयोग र सुझावको अपेक्षा गरेको बताइन् ।
स्किन सिटीलाई नयाँ उचाइमा लैजाने मेरो पहिलो प्रतिबद्धता हुनेछ, उनले भनिन्, ‘मैले पाएको यो जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्नेछु ।’ स्किन हस्पिटलमा उनको शेयर पनि रहेको छ।
‘चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरु धेरै छन् । तर, सम्भावना पनि धेरै देखेकी छु । लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको सबैलाई थाहै छ, मैले काम गरेका चलचित्रहरुलाई सबैले मन पराउनुभएको छ । अब व्यापारिक रुपमा पनि आफुलाई आवद्ध गराएकी छु । आशा छ यो यात्रामा पनि म सफल हुनेछु’, उनले भनिन्।
उनले हाल भैसेपाटीमा मात्रै रहेको स्किन सिटी बिस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने योजना रहेको बताएकी छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij