Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मतदाता नामावलीमा नाम छैन ? मङ्सिरको पहिलो साताबाटै हुँदैछ नामावली सङ्कलन !

मतदाता नामावलीमा नाम छैन ? मङ्सिरको पहिलो साताबाटै हुँदैछ नामावली सङ्कलन !


  • 9.2K
    Shares

    मतदाता नामावलीमा नाम छैन ? मङ्सिरको पहिलो साताबाटै हुँदैछ नामावली सङ्कलन !

    आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मंसिरको पहिलो साताबाट नामावली संकलन गरिने भएको हो ।

    नामावाली संकलनका लागि सरकारले निर्वाचन आयोगसँग केही दिन अघि छलफल गरेको थियो । उक्त छलफलपछि आयोगले मंसिरको पहिलो साताबाटै गाउँगाउँमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो।

    जसका लागि प्राविधिक र बजेटको समेत तयारी भइरहेको आयोगले जनाएको छ ।

    ‘मंसिर पहिलो साताबाटै हामी मुलुकभरका स्थानीय तहहरुको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन गर्ने तयारी गरिरहेका छौँ । हामीले प्राविधिकहरुलाई १ महिनाका लागि खटाउन अर्थमन्त्रालयसँग ११ करोड बजेट माग गरेका छौँ,’ – निर्वाचन आयोगले भन्यो ।

    नेपालमा ७ सय ५३ स्थानीय छन् । आयोगका अनुसार अर्थमन्त्रालयले बजेटमा सहमति जनाउने बित्तिकैबाट प्राविधिक खटाइने भएको छ ।

    प्रत्येक प्राविधिकलाई दैनिक १ हजार ८ सयका दरले पारिश्रमिक दिइने आयोगले जनाएको छ । निर्वाचनको मिति घोषणापछि गरिएको मतदाता नामावलीलाई कानुनले मान्यता दिने छैन् । सरकारले आगामी चैत ५ भित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने कानुनी बाध्यता रहेको छ ।

    प्रकाशित मिति :कार्तिक २७ २०७८ शनिवार - १३:०५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij