Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लगातार स्क्रोल गर्नबाट रोक्नका लागि इन्स्टाग्रामले ल्यायो ‘टेक अ ब्रेक’ फिचर

लगातार स्क्रोल गर्नबाट रोक्नका लागि इन्स्टाग्रामले ल्यायो ‘टेक अ ब्रेक’ फिचर


  • 5.5K
    Shares

    लगातार स्क्रोल गर्नबाट रोक्नका लागि इन्स्टाग्रामले ल्यायो ‘टेक अ ब्रेक’ फिचर

    काठमाडौँ । इन्स्टाग्रामले आफ्नो प्रयोगकर्ताहरुमा स्वस्थ्य सामाजिक सञ्जाल चलाउने बानीको विकास गर्ने दावीलाई पुरा गर्न थालेको छ । मेटा स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले आफ्नो प्लेटफर्मबाट एकछिन छुटिएर अर्कै केही गर्नलाई प्रोत्साहन गर्नका निम्ति ‘टेक अ ब्रेक’ नामक फिचर ल्याउने भएको छ ।

    एपले हरेक १०, २० वा ३० मिनेट पछि तपाईलाई मनपर्ने अन्य केही कुरा गर्न जानकारी दिने गर्दछ । परिक्षणमा भाग लिएका सहभागीले यो फिचर केही दिनमै देख्न पाउने इन्स्टाग्रामले बताएको छ ।

    इन्स्टाग्राम प्रमुख एदाम मोसेरीले ट्विटमार्फत यो फिचरबारे जानकारी गराएका हुन् । ट्विटरमा भिडियो पोष्ट गर्दै उनले डिसेम्बरबाट यो फिचर सार्वजनिक हुन सक्ने बताएका हुन् । मोसेरीको पोष्ट अनुसार इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो स्क्रिनमा ‘टेक अ ब्रेक’ नामक अप्सन देख्नेछन् ।

    तपाईलाई यो फिचरमा आफूखुशी कति समय एपमा बिताउने भनेर पनि छान्न सक्नुहुनेछ । यो फिचरले गर्दा तपाईको फिड भने फ्रिज हुँदैन् । स्क्रीनमा ‘टेक अ ब्रेक’ भनेर देखाएपछि प्रयोगकर्ताले डन भनेर अझै स्क्रोल गर्न सक्नेछन् । प्रयोगकर्ताले लामो समयदेखि माग गरेको यो फिचर आगामी डिसेम्बर महिनादेखि आउन सक्ने बताइएको छ ।

    प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार - १४:४५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij