Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

पाटन दरवारमा कात्तिक नाच अन्तर्गत दोस्रो दिन बाथः प्याखँ नाट्य नृत्य मञ्चन

पाटन दरवारमा कात्तिक नाच अन्तर्गत दोस्रो दिन बाथः प्याखँ नाट्य नृत्य मञ्चन


  • 6.3K
    Shares

    पाटन दरवारमा कात्तिक नाच अन्तर्गत दोस्रो दिन बाथः प्याखँ नाट्य नृत्य मञ्चन

    ललितपुर । ललितपुरको पाटन दरवारमा जारी कात्तिक नाचमा बिहीबार बाथः प्याखँ नाट्य कथामा आधारित नाच मञ्चन गरिएको छ । पाटन दरवार परिसरमा रहेको डवलीमा साँझ ८ बजे सुरु नाच राति ११ बजेसम्म चलेको थियो ।

    १२ पैसाको बाख्रा कसरी ६ पैसामा साहुलाई झुक्याएर किन्ने काम हुन्छ भन्ने सन्देशमुलक कथामा आधारित यस नाट्य नाच देखाइएको कात्तिक नाच संरक्षक समितीका अध्यक्ष रविन्द्र चित्रकारले बताए ।

    चित्रकारका अनुसार झण्डै ३८० वर्षभन्दाअघि सिद्धिनरसिं मल्लको पालादेखि चल्दै आएको यो ऐतिहासिक नाच २००६ सालसम्म २७ दिन मञ्चन हुन्थ्यो ।

    कात्तिक नाच चलाउन आर्थिक अभाव रहेको चित्रकार बताउँछन् ।

    कलाकारहरूलाई चित्तबुझ्दो पारिश्रमिक दिन नसक्ने अवस्था रहेको बताउँछन् । २७ दिनसम्म नाच चलाउन कलाकार १५० भन्दा धेरै कलाकार आवश्यक पर्ने हुँदा बजेट अभावमा चलाउन नसकिएको उनको भनाइ छ ।

    २००७ सालदेखि २०३७ सालसम्म दुई दिन चलाइएको थियो । २०३८ सालबाट २०७१ सालसम्म आठ दिन चलेको थियो । २०७१ सालदेखि २०७६ सालसम्म १२ दिनसम्म मञ्चन गरिएको यो नाच २०७७ सालमा कोरोना महामारीपछि सामाजिक दूरी कायम गरेर दुई दिन मात्र चलाइएको थियो । यो वर्ष भने २४ कात्तिक बुधबारदेखि १ मंसिरसम्म चल्नेछ ।

    बुधबार र बिहीबार सुदामा प्याख र बाथः प्याखँ सामाजिक कथामा आधारित नाट्य कथामा आधारित नृत्य प्रस्तुत गरिएका थियो । शुक्रबारबाट हिन्दु धर्ममा आधारित भगवान कृष्णका कथामा आधारित नाट्य नृत्य प्रस्तुत हुनेछन् । तीमध्ये शितज्वर/विष्मज्वर युद्ध, महादेव/कृष्ण युद्ध, भैरव, भैरव कुमारी महालक्ष्मी नृत्य, मधुकैटव बध, हिरण्याक्ष वध, नृसिंह अवतार नृत्यलगायत छन् ।

    ३८० वर्षअघि सिद्धिनरसिंह मल्लको पालामा गुरु हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा यो नाच चलाइएको किंवदन्ती छ ।

    प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार - १४:२४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij