२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले राजीनामा दिएका छन् । आफ्नो घरायासी÷व्यक्तिगत कारण देखाउँदै निरन्तर काम गर्न नसक्ने भन्दै उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा कात्तिक २१ गते बसेको सञ्चालक समितिको ३२८ औं बैठकले स्वीकृत समेत गरिसकेको कम्पनीले जनाएको छ ।
साथै अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नायव प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीलाई दिने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij