२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं – नेपाली बजारमा यामाहाको बीएस६ मोडलको आर१५ भी३ भित्रिएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सोरुमहरुमा सो मोटरसाइकल बिक्रीका लागि उपलब्ध गराइसकेको छ ।
यसमा १५५ सीसी लिक्विड सिंगल सिलिन्डर एफआइ भीभीए इन्जिन रहेको छ । उक्त इन्जिनले १९.३ पीएस पावर र १४.७ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा सिक्स(स्पीड ट्रान्समिसन उपलब्ध छ ।
त्यसैगरी गियरमा स्टार्ट नहुने सिस्टम यसमा थप भएको छ ।स्लिपर कल्च, गियर इन्डिकेटर, ट्रिप मिटर, एलसीडी कन्सोल जस्ता फिचर यो मोटरसाइकलमा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij