Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालीहरुको मायाले नेपाल फर्किए : मन्त्री गहतराज

नेपालीहरुको मायाले नेपाल फर्किए : मन्त्री गहतराज


  • 6.5K
    Shares

    नेपालीहरुको मायाले नेपाल फर्किए : मन्त्री गहतराज

    काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीबिच पहिलो पटक औपचारीक भेट भएको छ । थप ३ वर्षकालागि नेपाली टिमको प्रशिक्षकका रुपमा नेपाल फर्किएका अल्मुताईरीको स्वागतमा खेलकुद मन्त्रालयले आईतबार विशेष कार्यक्रमको आयोजना गरेको थियो । 

    सिंहदरबारस्थित मन्त्रालयमै आयोजना गरीएको उक्त कार्यक्रममा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अल्मुताईरीलाई दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरे । 

    almutari1.jpg

    नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अल्मुतारीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गर्नुभयो । मन्त्री अथकले अल्मुताईरीको आगमनपछि नेपाली खेलकुद क्षेत्रमा तरङ्ग उत्पन्न भएको र यसले विशेषगरी नेपाली फुटबलमा बेग्लै आशा जागेको बताउँदै गोर्खाली स्प्रिडलाई कायम राख्दै अगाडी बढ्न आग्रह गरे । 

    “तपाईले नेपाली फुटबलमा मात्र नभई सिङ्गो खेल क्षेत्रलाई तरङ्गीत बनाए”, मन्त्री अथकले भने, “नेपाली फुटबल खेलाडीलाई गोर्खाली शैलीमा खेल्न प्रोत्साहित गरेर फुटबल विकासमा नयाँ आश जगाए । सरकार तपाईको साथमा छ, ढुक्क भएर काम गरे  ।”

    almutari.jpg

    विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको भन्दै मन्त्री अथकले खुसी ब्यक्त गरे । 

    स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुतारीले नेपाल र नेपालीहरुको मायाँले आफु पुन नेपाल फर्किएको बताउनुभयो । आजको दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफुलाई धेरै माया दिएको बताए । नेपालको खेलका दौरान तथा आफु माल्दिभ्समा रहँदा समेत खेलकुद मन्त्रीले आफुलाई निरन्तर टेलिफोन गरेर हौसला प्रदान गरेको र नेपाल आएलगत्तै मन्त्रालयमा बोलाएर स्वागत गरेकोमा अल्मुताईरीले मन्त्री अथक र मन्त्रालय प्रति आभार ब्यक्त गरे । 

    माल्दिभ्स बसाईको क्रममा बिभिन्न देशले ठुलो रकममा आफुलाई प्रशिक्षककालागि प्रस्ताव गरेपनि नेपालीहरुको मायाँ सम्झिएर आफु पुन नेपाल फर्किएको बताउदै अल्मुताईरीले भने, “माया भन्दा ठुलो कुरा पैसा होईन ।”
    मन्त्रालयका कर्मचारी र एन्फाका पदाधिकारीहरुको समेत उपस्थितीमा भएको स्वागत कार्यक्रममा मन्त्री अथक र अल्मुताईरीबिच फुटबलको विकासका सन्दर्भमा करिब ४५ मिनेट लामो छलफल भएको थियो । 

    शनिबार नेपाल फर्किएका अल्मुतारीको थप तीन वर्ष नेपालकालागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुहुने भएको छ ।

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - ११:३३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij