२०८२ माघ ८ गते बिहिवार
स्रष्टा पदयात्राले आफ्नो एकाउन्नौँ शृङ्खला ललितपुर,नल्लुमा अवस्थित प्रतिकृति पाथीभरासम्म पदयात्रा गरी शनिवार सम्पन्न गरेको छ ।
आयोजकका अनुसार सिर्जनालाई नवीनता दिने हेतुले यो खालको मासिक भेटघाट र पदयात्रालाई महत्त्व दिइएको हो ।

पदयात्रामा शीत्तल गिरी, विमल अर्याल, डा• धनप्रसाद सुवेदी, डा• यादेवी ढकाल, मन्दिरा मधुश्री,नवराज रिजाल, खोलाघरे साहिँलो, परशुराम परासर, लीलाराज दाहाल, वसन्त रिजाल, पवन सङ्ग्रौला,शारदा पराजुली, शशी थापा, पूजन पोखरेल, रूपा पौडेल र माधव घिमिरे 'अटल'को सहभागिता थियो ।

प्राकृतिक छटासँग मितेरी गाँस्दै स्रष्टाहरूले पदयात्रा सम्पन्न गरे पनि समयाभावले रचना वाचन समावेश गर्न नसकेको अध्यक्ष शीत्तल गिरीले जानकारी दिए । अनेक कठिनाइबीच ताप्लेजुङकी पाथीभरासम्म पुग्न असमर्थ तीर्थयात्रीहरू नल्लु जाने प्रचलन रहेको पाथीभरा देवी मन्दिर व्यवस्थापन समितिका सचिव सङ्गम घलानले बताए ।

स्रष्टा पदयात्राको आगामी शृङ्खला उपत्यका बाहिर गर्ने योजना रहेको शीत्तल गिरीले सहभागी पदयात्रीलाई अवगत गराए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij