Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

निशा सापकोटाका चार कविता

निशा सापकोटाका चार कविता


  • 10.7K
    Shares

    निशा सापकोटाका चार कविता
    images

    १) निर्दोष

    निथुक्रै भिजेछु प्रेममा 
    कतै ओभानो छैन
    उसले मेरो मनमा अड्डा जमाएदेखि
    म भिज्न सुरु गरेकि हुँ
    तर ,
    उसको मनमा पौडी 
    आजसम्म खेल्न पाईन !

    ओहो ! यो निर्दोष
    एकतर्फी प्रेम ।

    २) प्रेम 
    आमाले भन्नुभयो 
    उसले तँलाई निकै माया गर्दिरहेछ 
    धोका नदिएस है छोरा १ 

    हात माग्न जाँदा
    उपाहारमा 
    चोट र निलडाम मात्रै पाएँ ,

    सोचेँ,
    हाम्रो मन मात्रै मिलेको रहेछ
    जात त मिलेकै रहेनछ १

    ३) दशैं 
    परदेश बसेका पिता 
    फोनमा हाँसी हाँसी
    छोराछोरीसँग भन्दै थिए
    मैले पैसा पठाइदेको छु
    राम्ररी दशै मनाउनु !

    छोरीले सोध्छे
    तपाईलाई किन आउने मन भएन बुबा ?

    ‘मन हैन धन नभएर आईन’
    भन्ने हिम्मत पिताको आखाले गर्यो
    आवाजले गरेन !

    ४) कारागार 

    मैले प्रेम गरें
    मुटु तगारो राखेर 
    ज्यान दिएँ
    मान दिएँ ।

    अन्त्यमा,
    विश्वास  घृणाले  पुरिदियो 
    त्यसपछि म बाध्य भएँ
    पागलप्रेमी हुन !

     

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १०:१८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij