Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव, नेप्से ६० अंकले सुधारियो

राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव, नेप्से ६० अंकले सुधारियो


  • 4.3K
    Shares

    राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव, नेप्से ६० अंकले सुधारियो
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको छ । अघिल्लो दिन ७७ अंकले झरेको सेयर बजार परिसूचक नेप्से बुधबार ६० अंकले सुधारियो ।

    कारोबारलगत्तै बढेर २५८९ पुगेको नेप्से पछि केही झरेर २५७१.६६ विन्दु कायम भएको छ । यस दिन नेप्से ६०.५६ अंकले बढेको हो ।

    यस दिन आँखुखोला जलविद्युत्, युनिभर्सल पाउन कम्पनी र मैलुङखोला जलविद्युत्को सेयरमा पोजिटिभ सर्किट लाग्यो भने पाँचवटा कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत बढीले बढ्यो ।

    यस दिन कारोबार भने न्यून नै रह्यो । २१७ कम्पनीको मात्र ६१ लाख कित्ता सेयर दुई अर्ब ६७ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ३ २०७८ बुधवार - १५:३८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij